आज ६ सेप्टेम्बर २०२५ को दिन शेर्पा संघ बेलायतको २२ औं बार्षिक साधारण सभा लन्डनको फेल्टम स्तिथ नमस्ते गुर्खा रेस्टुरेन्टमा सम्पन्न भएको छ । संघका अध्यक्ष रिन्जी शेर्पा लामाको अध्यक्षतामा र बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेका अध्यक्ष आङ दावा च्यावाको प्रमुख आतिथ्यामा सम्पन्न भएको बार्षिक साधारण सभाको संचालन महासचिव नोर्बु शेर्पाले गरेका थिए भने संघका प्रथम उपाध्यक्ष नुरी शेर्पाले स्वागत मन्तव्य राखेका थिए । सभामा कार्यसमितिका सदस्यहरु, संघका सल्लाहकारहरु साथै आजीवन तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।

महासचिव नोर्बु शेर्पाले संस्थाको बार्षिक प्रतिवेदन र कोष-अध्यक्ष छेते शेर्पाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका सभामा विभिन्न प्रस्तावहरु माथि छलफल गरी निर्णय पारित गरिएको थियो । सभाले संघका निवर्तमान अध्यक्ष आङ दावा च्यावा द्वार प्रस्तावित शेर्पा संघ बेलायत साउथ सेन्ट्रल कम्युनिटीका संस्थापक अध्यक्ष सान्ता शेर्पालाई शेर्पा संघ बेलायतको सल्लहाकार चयन गरेको छ । 

सभामा शेर्पा संघ बेलायतका संरक्षक स्वर्गीय आङ कल्जाङ् लामाको फोटोमा खाता र फुल अर्पण गरी दिप प्रज्वलन गरिएको थियो भने वहाँको सम्झना र सम्मानमा एक मिनेट मौन धारण राखिएको थियो । साथै लामाको आत्माको चिर शान्तिको कामना गर्दै मणि जप गरिएको थियो । स्वर्गीय लामाको शेर्पा समुदय प्रति अतुलुनिया योगदान रहेको छ । सभामा स्वर्गीय आङ कल्जाङ् लामाको धर्म पत्नी माया लामा र दुई छोराहरुको उपस्थिति रहेको थियो । सोहि अवसरमा स्वर्गीय लामाका धर्म पत्नी माया लामाले शेर्पा संघ बेलायतलाई १,०१५.०० पाउण्ड प्रदान गरी शेर्पा संघ बेलायतको पहिलो ट्रस्टी मेम्बर बन्नु भएको छ । 

बार्षिक साधारण सभाको अन्त्यमा संघका अध्यक्ष रिन्जी शेर्पा लामाले उपस्थित सबैलाई धन्यवाद दिंदै सभाको समापन गरेका थिए । 

Leave a comment