हरेक बर्ष सम्पन्न हुने शेर्पा संघ बेलायतको यो बर्षको बार्षिक साधारण सभा ६ सेप्टेम्बर २०२५ शनिबारको दिन लण्डनको फेल्टम शहरमा सम्पन्न हुने भएको छ । यो बर्ष सम्पन्न हुने बार्षिक साधारण सभा शेर्पा संघ बेलायतको २२ औं साधारण सभा रहेको छ । सभामा संस्थाको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिने छ । साथै विभिन्न प्रस्तावहरु माथि छलफल गरी निर्णय गरिने छ । 

बिशेष गरी शेर्पा संघ बेलायतलाई शुरुको अवस्थामा लामो समय सम्म नेतृत्व प्रदान गरेका, तेसपछी अरु थप लामो समय सम्म सल्लहाकार साथै संरक्षकको भूमिका निर्वाह गरी अभिभावकत्व प्रदान गरेका, शेर्पा संघ यूरोपको नेतृत्व, ग्लोबल शेर्पा एशोशिएन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका साथै समग्र शेर्पा समुदयको हितको लागी आफ्नो जिवनकालमा अनवरत योगदान पुर्याउनु भएका स्वर्गीय आङ कल्जाङ् लामाको फोटोमा खाता र फुल अर्पण गरी वहांको सम्मान र सम्झनामा एक मिनेट मौनधारण गर्ने कार्यक्रम रहेको छ ।  

Date:  6 September 2025, Saturday 

Time:  11 am – 4pm 

Venue: 1 Parkfield Parade, Feltham TW13 4HJ

Leave a comment